नियम
१ गुणस्तर सुनिश्चितता कार्यक्रम
(१) आयोगले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता
तथा अभिवृद्धिका लागि देहायका कृयाकलापहरु गर्नेछ ः
(क) प्रदान गरिने उपाधिहरुको मूल्यांकन,
(ख) पाठ्यक्रम मूल्यांकन,
(ग) शिक्षकहरुको मूल्यांकन,
(घ) भौतिक पूर्वाधारहरुको मूल्यांकन,
(ङ) उत्तीर्ण संख्याहरुको मूल्यांकन
(च) अनुसन्धान प्रकाशनहरुको मूल्यांकन ।
(२) उपनियम (१) बमोजिमका क्रियाकलापहरु सञ्चालनका लागि आयोगले
उपयुक्त प्रक्रिया एवं पद्धति अपनाउनेछ ।